
काठमाडौं, १४ फागुन । सानिमा बैंकले आफ्ना ग्राहकहरूले नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडमार्फत भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्ने भएका छन् ।
नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबार २% वा अधिकतम रू. २० तथा मासिक अधिकतम रू. ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
क्यास ब्याकवापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यो योजना २०७८ फागुनदेखि २०७९ बैशाख मसान्तसम्मका लागि लागू हुने छ ।















प्रतिक्रिया