
काठमाडौँ, १३ फागुन । नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच ब्राण्ड एम्बेष्डर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो ।
कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन लामाबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । क्याप्टेन लामा ब्राण्ड एम्बेष्डर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाइ टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुनुका साथै आममानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने “विजयलामा जस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेष्डर बनाउन पाउँदा हामीलाई गर्व महशुस भएको छ । कार्यक्रममा एफवान थप पारदर्शीता, सुलभता र सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”
यस्तै कार्यक्रममा ब्राण्ड एम्बेष्डर विजय लामाले भने, “नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुशी लागेको छ । इसेवाले आन्तरिक टिकटिङ्ग क्षेत्रमा आफूले प्रुफ गरिसकेको छ र अन्तराष्ट्रिय टिकटिङ्गको क्षेत्रमा पनि आफुलाई प्रुफ गर्ने विश्वास रहेको छ र यसमा मैले पनि सक्दो भूमिका खेल्नेछु ।”
कार्यक्रममा एफवान सफ्टका सिइओ सुवास शर्मा, इसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तराष्ट्रिय टिकटिङ्गको क्षेत्रमा इसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।
इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएकोमा अन्तराष्ट्रिय उडानहरुको समेत टिकट विक्री गर्न सुरु गरेको छ । वैदेशीक यात्रामा जाने हरेक नेपालीले इसेवामार्फत कुनै पनि देशका कुनै पनि गन्तव्यका हवाइ टिकट सहजै काट्न सकिन्छ ।
इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।















प्रतिक्रिया