७ कार्तिक २०८३, शनिबार

गठबन्धनका नेताका रुपमा देउवासँग एमालेको सहकार्य हुँदैनः विष्णु रिजाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पाँच दलीय गठबन्धनका नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमालेको सहकार्य नहुने बताएका छन् ।

रिजालले सामाजिक सञ्जालमार्फत धारणा राख्दै गठबन्धन रहेसम्म एमालेले सहकार्य नगर्ने र गठबन्धन सरकारले सदनमा ल्याएका हरेक प्रस्तावका विरुद्धमा दृढतापूर्वक उभिने बताए ।

यस्तो छ रिजालको धारणाः

एउटा कुरा स्पष्ट छ गठबन्धन रहेसम्म पाँच दलीय गठबन्धनको नेताका रुपमा शेरबहादुर देउवासँग नेकपा (एमाले) कुनै सहकार्य गर्दैन र गठबन्धन सरकारले सदनमा ल्याएका हरेक प्रस्तावका विरुद्धमा दृढतापूर्वक उभिन्छ ।