७ कार्तिक २०८३, शनिबार

एमालेमै फर्किए जसपाका गण्डकी इञ्चार्ज गुरुङ, अध्यक्ष ओलीले गरे स्वागत

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ फागुन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी इन्जार्च गणेशमान गुरुङ नेकपा एमालेमै फर्किएका छन् ।

शुक्रबार पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले गुरुङलाई पार्टीमा स्वागत गरेका छन् ।

कास्कीको धम्पुस निवासी गुरुङ २०६९ सालसम्म एमालेमै सक्रिय थिए । तात्कालीन एमाले उपाध्यक्ष अशोक राईसहितले छाडेपछि उनी पनि राईकै पार्टी संघीय समाजवादी पार्टीतिर लागेका थिए ।

अहिले जसपाको गण्डकी इञ्चार्ज रहेका गुरुङ एमाले र केपी शर्मा ओलीको नेतृत्वमा मात्रै मुलक बन्छ भन्ने तथ्यका आधारमा एमालेमै फकेका हुन् ।

एमाले फर्केपछि गुरुङले पार्टी भनेकै एमाले र नेता केपी ओली भएको ठोकुवा गरे ।

‘हाम्रा गुरुङहरु भन्छन्, लाहुरे मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे,’ कार्यक्रममा बोल्दै गुरुङले भने, ‘पार्टी अरु पार्टी के पार्टी एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता’ उनले अध्यक्ष ओलीले अबको जीवन देश र जनताका लागि भनेझैँ आफूहरुको अबको जीवन पनि एमालेका लागि भएको बताए ।