२८ आश्विन २०८३, बुधबार

अब बीबीए होइन, बीबीएस नै लोकप्रिय

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-एकराज सुवेदी

सन्दीप कार्की हाल ब्याचलर इन बिजनेस स्टडिज अर्थात बीबीएस अध्ययन गर्दैछन् । उनी र उनका साथीभाईहरुका बीच यो भन्दा पहिले बीबीए अर्थात ब्याचलर इन बिजनेस एड्मिनिष्ट्रेसन पढ्ने वारेमा समेत छलफल भएको थियो ।

तर उनीहरु सबैले बीबीए होइन, बीबीएस नै रोजे । सन्दीप मात्र होइन, अहिले अधिकांश विद्यार्थीहरुले भविष्यको करियरलाई सम्झेर बीबीएस नै रोज्न थालेका छन् ।

धेरै प्रकारका क्रियाकलाप र पाठ्यवस्तुका कारण नेपालमा बीबीएलाई महत्व दिने ट्रेन्ड केही समय यता चलेको थियो । कर्पोरेट अथवा फाइनान्सियल कार्यालयहरुका निम्ति आवश्यक ज्ञान र सीप बीबीएमा हुन्छ भन्ने मान्यता भएकैले बीबीएको लोकप्रियतासँगै शुल्क पनि अत्यधिक भएको पाइन्छ । न्यूनतम ४ लाखदेखि उच्चतम १० लाखसम्म बीबीए कोर्सको शुल्क तिर्नुपर्ने हुन्छ । तसर्थ शुल्क तिर्न असमर्थ विद्यार्थीले मात्र बीबीएस पढ्ने प्रचलन देखिन्छ ।

तर अहिले आएर नेपालमा बीबीएस पढ्ने विद्यार्थीहरुको सङ्ख्यामा वृद्धि भएको पाइन्छ । प्रारम्भमा यो तीन वर्षे कोर्स भए पनि विगत ९ वर्षदेखि यसलाई ४ वर्षे कोर्स बनाएपछि बीबीएकै क्रियाकलापहरु यहाँ पनि हुने भएकाले निरन्तर बीबीएसको लोकिप्रियता वृद्धि भइरहेको छ ।

बीबीएमा हुने फिल्ड भिजिट, गेस्ट लेक्चर, प्रिजेन्टेसन, इन्टर्नसिप, प्राक्टिकल क्लास अहिले बीबीएसमा समेत हुने भएकाले केही वर्ष अगाडि विकल्पको रुपमा अध्ययन गरिने बीबीएस वर्तमान अवस्थामा धेरै विद्यार्थीहरुको पहिलो रोजाइ हुने गरेको छ । बीबीएस कोर्स सञ्चालन गर्ने कलेजहरुले गरेको कोर्स सुधारका कारण अहिले बीबीएस लोकप्रिय बन्दै गएको हो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्मा बजारको मागअनुसार बीबीएसको पाठ्यक्रममा समयानुकूल परिमार्जन हुँदै गएको बताउँछन् ।

२०२२ सालदेखि बीबीएस कोर्स सञ्चालन गर्दै आइरहेको एक प्रतिष्ठित कलेज युनाइटेड कलेजका प्रिन्सिपल डा. प्रमिला राईका अनुसार त्यहाँ वाणिज्य विषयमा स्नातक तहको अन्य कार्यक्रमहरु बीबीएम, बीसीए तथा स्नातकोत्तर एमबीएस कार्यक्रमहरु सहित बीबीएस पढ्ने विद्यार्थीहरुको सङ्ख्यामा प्रत्येक साल वृद्धि भइरहेको छ ।

न्यूनतम शुल्कमा बीबीएमा पाउने सम्पूर्ण क्रियाकलाप, पाठ्यवस्तु तथा सुविधासमेत उपलब्ध गराएकै कारण युनाइटेडमा बीबीएस अध्ययन गर्नेहरुको संख्या बढेको हो । कोर्समा गरिएको सुधारकै कारण युनाइटेड कलेजले बीबीएसलाई बीबीएस प्लसको संज्ञा दिएको छ ।

हाल आएर अन्य विभिन्न कलेजहरुमा समेत बीबीएस अध्ययन गर्नेहरुको संख्यामा वृद्धि भएको पाइन्छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्मा बजारको मागअनुसार बीबीएसको पाठ्यक्रममा समयानुकूल परिमार्जन हुँदै गएको बताउँछन् ।

उनका अनुसार बीबीएस अधिकांंश क्याम्पसमा अध्यापन हुने भएकोले विद्यार्थीको सहज पहुँचमा पनि छ र खर्चका हिसाबले पनि व्यवस्थापनका अन्य विषयभन्दा यसको लागत कम छ ।

बीबीएस चौथो वर्षमा इन्टर्नसिप गर्नुपर्छ । बैंक तथा वित्तीय संस्था, बिमा, सेयरबजार र विभिन्न संस्थामा इन्टर्नसिप (व्यावहारिक शिक्षा) गर्नुपर्ने हुँदा विद्यार्थीले पढाइलगत्तै रोजगार पाउन सहज हुन्छ । यही कारण नै नेपालमा पछिल्लो समयमा बीबीएसमा समेत आकर्षण बढिरहेको विभिन्न कलेजमा यही विषय अध्यापन गर्दै आएका सरोज प्याकुरेलले बताए ।

एउटा परिपक्व र व्यावहारिक तथा रोजगारमूलक शिक्षा पाउनका लागि अबको विकल्प बीबीएस नै भएको यो क्षेत्रमा संलग्न व्यक्तिहरुको बुझाइ छ ।