१५ कार्तिक २०८३, आइतबार

एमाले दौडेर स्वर्णपदक जित्छ, छिर्के लगाएर लडाएर खोस्दैनः ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लिएको नीतिकै कारण सरकारमा रहेका दलहरुबाट एमालेमा प्रवेश गर्ने गरेको बताए ।

अध्यक्ष ओलीले गठबन्धनका नाममा जनता अल्मल्याउने, छक्कयाउने काम गरिरहेको बताए । गठबन्धनप्रति लक्षित गर्दै ओलीले भने, ‘धक्का, क्रमभंग, छलाङ, महाविपत्ति । यसले के के विकास गर्छ ? विकास गर्छ ? कसलाई धक्का ? कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार ढालिदियो, कम्युनिस्ट पार्टी फुटाइयो’, ओलीको भनाइ छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमालेले छिर्के लगाएर नभई दौडेर स्वर्ण पदक जित्ने बताए । ‘दौडन कोही तयार छ भने एमाले दौडमा सामेल भएर, दौडमा अगाडि पुगेर दौडेर स्वर्णपदक जित्छ, छिर्के लगाएर लडाएर खोस्दैन’, ओलीको भनाइ छ ।

उनले अरु पार्टीसँग देश बनाउने विचार नभएको र एमालेसँग मात्रै भएको बताए । ‘हाम्रो पार्टीमा देश कसरी बनाउने भन्ने विचार छ अरु पार्टीसँग छैन’ उनले हालको सत्ता गठबन्धनले भ्रष्टाचार गर्नमै बाहेक केही नजानेको समेत बताए । ‘२४ लाख खोप कहाँ हरायो ? तमासा पनि हदको हुन्छ नि ’ ओलीले सरकारमा बसेकाहरुले नै कार्यकर्ता पठाएर सडक भत्काएको र प्रहरीलाई ढुंगा हान्ने गरेको बताए ।

सत्ता गठबन्धनमा रहेका झलनाथ, डा.बाबुराम भट्टराई र काँग्रेसको नाम लिँदै उनले आफुलाई ढुंगा हानिएको बताए । ‘अरुलाई ढुंगा हानिँदैन तर म बाटामा हिँड्छु ढुंगा हान्छन्’, ओलीको भनाइ छ । देश बनाउने कुरामा एमाले दृढ संकल्पित रहेको र देश बनाएर छोड्ने ओलीले संकल्प गरे ।