
पोखरा, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्तविक कम्युनिष्ट पार्टी एमाले मात्रै भएको बताएका छन् ।
उनले पोखरामा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले वास्तविक कम्युनिस्ट पार्टी हो एमालेमात्र भएको जहाँ नेपाली त्यहाँ एमाले भइसकेको बताए । ‘गाउँमा मात्रै होइन, जहाँ नेपाली त्यहाँ एमाले । यो किन ? सुशासनयुक्त, विकासको बाटोमा देशलाई अघि बढाउन । नेपाललाई पछौटे देशबाट आधुनिक सम्मृद्ध र विकसित देश बनाउन’, ओलीको भनाइ छ ।















प्रतिक्रिया