१५ कार्तिक २०८३, आइतबार

एमसीसी ल्याउनुपर्छ भन्नेलाई बाटोमा हिँड्दा ताली बजाउँछन्, मलाई ढुंगा हान्छन् : ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलले नै कार्यकर्तालाई सडकमा उतारेर प्रहरीलाई ढुंगा हान्न लगाएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमसीसी ल्याउनुपर्छ भनेर सम्झौता गर्नेहरूले विरोध गर्दै हिँडेको र आफूमाथि ढुंगा प्रहार गरेको बताएका छन् ।

एमसीसी ल्याउनुपर्छ भन्ने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, सम्झौता गर्ने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेता डा। बाबुराम भट्टराईलाई केही नगरी आफूमाथि ढुंगा हानिएको उनको भनाइ छ । केही दिनअघि प्रतिनिधिसभा बैठकमा जानेक्रममा ओलीलाई लक्षित गर्दै ढुंगा प्रहार गरिएको थियो ।

“एमसीसी सहयोग नेपालमा ल्याई पाऊँ भनेर आफू चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् । बाबुराम भट्टराई एमसीसी अघि बढाउने मान्छे हिँड्दा ढुंगा हानेनन् ।

नेपाली कांग्रेसले एमसीसी पास गराउनुपर्छ भन्छ । सभामुखले टेबुल गरेका छन् । ढुंगा हानिँदैन । एमसीसी ठिक छ भनेर कुरा टुंग्याउने कृष्णबहादुर महरा बाटोमा हिँड्दा ढुंगा हानिँदैन,” ओलीले भने, “म बाटोबाट हिँड्छु अनि ढुंगा हान्छन् ।”