१५ कार्तिक २०८३, आइतबार

एमाले अध्यक्ष ओली आज पोखरामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा पुग्नुभएको छ ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन अध्यक्ष ओली दिउँसो १२ बजे पोखरा आउनुभएको हो । उहाँलाई पोखरा विमानस्थलमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङलगायतले स्वागत गर्नुभयो ।

अध्यक्ष ओलीले पोखरामा जनता समाजवादी पार्टीका नेताहरु गणेशमान गुरुङ, दुर्गा सुवेदीलगायत विभिन्न पार्टीबाट सयौं नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको छ ।

यसैक्रममा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा प्रशिक्षणमुलक मन्तव्य दिने कार्यक्रम छ ।