१५ कार्तिक २०८३, आइतबार

एमालेलाई उपयोग गर्ने कांग्रेस माओवादीको दाउपेचबाट सजग छौँः नेता भट्टराई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन। नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले आफूहरुलाई उपयोग गर्ने कांग्रेस माओवादीको दाउपेचबाट एमाले सजग रहेको बताएका छन । विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले गठबन्धन कायमै राखेर एमालेसँग दुवै पार्टीले गरेको संवादले कुनै निष्कर्ष ननिस्कने बताए ।

‘राजनीतिक वृतमा एमालेको भूमिकालाई लिएर अनेक प्रकारका अनुमान र चर्चा भए पनि स्थितिमा वदलाव आएको छैन,’ भट्टराईले भने, ‘संसद सञ्चालनका लागि हामीले उठाएका माग जबसम्म पुरा हुँदैनन् तबसम्म एमालेका लागि अरु विषय महत्वका होइनन् ।’

भट्टराईले एमालेसँग सार्थक संवाद र सहकार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोड्ने आँट गर्नुपर्ने भट्टराईको भनाइ छ । माओवादीले पनि सरकार छोडेर सडकमा आए नयाँ शिराबाट छलफल हुन सक्ने उनको भनाइ छ ।

‘माओवादीसँग औपचारिक रुपमा हिजोबाट संवाद सुरु भएको छ,’ भट्टराईले भने, ‘तर अहिलेसम्मको स्थिति हेर्दा दुवै पार्टी गठबन्धन कायमै राखेर एमालेसँग खेल्न खोजेको देखिन्छ । त्यो दाउपेचका विषयमा एमाले सजग छ ।’