१५ कार्तिक २०८३, आइतबार

ग्रामीण क्षेत्रका सडकमा सिसीक्यामेरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १३ फागुन । शुक्लाफाँटा नगरपालिका–९ को ग्रामीण क्षेत्रका सडकमा सिसी क्यामेरा जडान गरिएको छ । ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि उक्त क्यामेरा जडान गरिएको हो ।

“पर्यटकीय क्षेत्र धारापानी जाने सडक र असिग्राम मावितर्फ जाने सडक र वडा कार्यालय परिसरमा क्यामेरा जडान गरेका छौँ,” वडाध्यक्ष रमेशबहादुर ऐरले भन्नुभयो, “आपराधिक क्रियाकलाप नियन्त्रणसँगै सडक दुर्घटना न्यूनीकरणमा सघाउ पु¥याउनका लागि क्यामेरा जडान गरिएको छ ।”

वडा कार्यालयले रु एक लाख ५० हजार खर्च गरी सडक, चोकचोक र संवेदनशील क्षेत्रमा आठभन्दा बढी क्यामेरा जडान गरेको हो ।–रासस