
काठमाडौँ, १३ फागुन । काठमाडौंको चन्द्रगिरि नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन् । बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया