
काठमाडौं, १३ फागुन । प्रधान सेनापति प्रभुराम शर्माले हिजो बिहीबार सुनसरीको इटहरीस्थित श्री नं. २ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको दौरान उनले उक्त बाहिनी अड्डाको वस्तुस्थितिलगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गर्नाका साथै ब्यारेक एरिया निरीक्षण गरेका छन् । साथै त्यहाँस्थित सकल दर्जाहरुलाई सम्बोधन गरी आवश्यक निर्देशन समेत दिएका छन् ।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्माले आज शुक्रबार धरानस्थित गल्फ कोर्समा आयोजना हुने गल्फ प्रतियोगिता उद्घाटन गर्ने कार्यतालिका छ ।















प्रतिक्रिया