७ कार्तिक २०८३, शनिबार

स्वतन्त्र पत्रकार संघ दाङले अक्षयकोष स्थापना गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १३ फागुन । स्वतन्त्र पत्रकार संघ दाङ शाखाले एक लाख रुपैयाँ भन्दा बढी रकमको अक्षयकोष स्थापना गर्ने भएको छ ।

संघको हिजो बिहीबार तुलसीपुरमा बसेको नियमित बैठकले संघमा आवद्ध सदस्यलाई वार्षिकरुपमा सम्मान एवम् प्रोत्साहन गर्नका लागि तत्काल एक लाख बढीको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

यस्तै संघको नियमित बैठकले थप सात जना नयाँ साधारण सदस्यको नाम अनुमोदन गरेको छ । बैठकले संघमा केही दिनअघि साधारण सदस्यता लिएर आवद्ध हुने थप सात जना नयाँ साधारण सदस्यको नाम आधिकारिक रुपमा अनुमोदन गरेको हो ।

संघले आगामी दिनमा सदस्यता वृद्धि गर्दै पनि लैजाने निर्णय गरेको संघका सचिव वसन्त कुमार पौडेलले जानकारी दिए । संघले पूर्वमा राप्ती उपत्यकादेखि पश्चिममा बबई गाउँपालिकाका सम्ममा सदस्यता वृद्धि गरी संघका गतिविधि बढाउने निर्णय पनि गरेको सचिव पौडेलले जानकारी दिए ।

यस्तै संघले आगामी दिनमा नागरिकसँग जोडिएका विषयसँग सम्बन्धित विषयमा सरोकारवाला निकायसंग बहस गर्ने र समस्या निराकरणमा भूमिकालाई बढाउने निर्णय पनि गरेको छ ।