
काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
बिहीबार संसद बैठक स्थगित गरेर संघीय संसद भवनमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न अध्यक्ष ओलीलाई भेटेका छन् ।
दुईबीचको भेटवार्तामा अध्यक्ष ओलीलाई प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा उभिन प्रस्ताव राखेका छन् । प्रधानमन्त्री देउवाले एमाले एमसीसीको पक्षमा उभिए एमालेका सबै माग पूरा गर्ने बताएको छलफलमा सहभागी एक नेताले जनाएका छन् ।















प्रतिक्रिया