७ कार्तिक २०८३, शनिबार

‘गठबन्धन भत्काउन धुप हालेका छैनौँ, गणेशलाई पूजा गर्न गएका छैनौँ ’ 

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh Bhattarai

काठमाडौँ, १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले अहिलेको गठबन्धन असफल भएको बताएका छन्। बिहीबार संसद बैठकबाट निस्किने क्रममा उनले यो गठबन्धनले अन्तर्राष्ट्रिय रुपमै देशको बेइज्जत गरेको पनि बताए।

‘यसले मुलुकको अन्तर्राष्ट्रिय छवि अत्यन्तै कमजोर भएको छ। यसको सम्पूर्ण जवाफदेहिता अहिलेको गठबन्धनले लिनुपर्छ, प्रधानमन्त्रीजीले लिनुपर्छु, उनले भने, हामीले भनेका छौँ, हामीसँग सम्झौता गर्ने हो भने ब्ल्याक एण्ड ह्वाइटमा सम्झौता गरौँ, ब्ल्याङ्क चेक मागेर हामीले दिँदैनौँ।’

अहिले गठबन्धन भत्किन्छ वा भत्किँदैन भनेर नहेरेको पनि बताए। ‘गठबन्धन भत्काउनु हामीले कुनै धुप हालेका छैनौँ, गणेशलाई पूजा गर्न गएका छैनौँ, उनले भने, भत्किए पनि उहाँहरुको कारणले भत्किन्छ, नभत्किने पनि उहाँहरुको कारणले हो।’