१५ कार्तिक २०८३, आइतबार

एमसीसीविरुद्धको आन्दोलनमा एकजना गम्भीर घाइते

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । एमसीसीविरुद्धको आन्दोलनका क्रममा एक व्यक्ति गम्भीर घाइते भएका छन्।

बिहीबार काठमाडौंको बानेश्वरमा प्रहरीसँगको झडपका क्रममा उनी गम्भीर घाइते भएका थिए। घाइते उनलाई तत्काल बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई ट्रमा सेण्टरमा रिफर गरिएको छ।

चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै रिफर गरेपछि एम्बुलेन्सबाट थप उपचारका लागि उनलाई ट्रमा सेन्टर पुर्‍याइएको हो। उनको पहिचान भने खुलीसकेको छैन।