मंगलबार, ४ असार २०८१
DainikNepal.com
मंगलबार, ४ असार २०८१

प्रतिनिधिसभाको बैठक स्थगित

दैनिक नेपाल २०७८ फागुन १२ गते १४:३४

 

काठमाडौँ, १२ फागुन । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको थियो । संसद् भवन नयाँ बानेश्वरमा आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो ।

आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार भोलिका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।–रासस

प्रतिक्रिया
सम्बन्धित