
काठमाडौँ, १२ फागुन । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्न लागेपछि नयाँबानेश्वरस्थित संसद भवन अगाडी प्रदर्शन हुन थालेको छ ।
उच्च सुरक्षाका बाबजुद एमसीसीविरुद्ध प्रदर्शन सुरु भएको हो । संसद भवनलाई काँडेतारले घेरिएको छ । साथै, नयाँबानेश्वरको सडक खाली गरेर सुरक्षाकर्मीले ब्यारिकेड राखेर नियन्त्रण गरेका छन् ।
यद्यपि प्रदर्शनकारीहरुले त्यही परिसरमा विशाल प्रदर्शन गरिरहेका छन् ।
त्यस्तै, सशस्त्र प्रहरीको समूह तथा पानी फोहोरा हान्नका लागि तयारी अवस्थामा गाडीहरु राखिएका छन् ।
प्रदर्शनकारीले एमसीसी र नेताहरुविरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।















प्रतिक्रिया