७ कार्तिक २०८३, शनिबार

महाभियोगविरुद्ध सर्वोच्चमा रिट, संवैधानिक इजलासमा पठाइँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

महाअभियोगविरुद्ध वुधबार सर्वोच्चमा अधिवक्ताहरू पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले रिट दायर गरेका हुन् ।

शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाइएको भन्दै उनीहरूले संघीय संसद् सचिवालय, सभामुख लगायतलाई विपक्षी बनाई महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी गरेका छन् ।

सर्वोच्च अदालतले रिटलाई संवैधानिक इजलासमा पठाइने जनाइको छ ।

रिटमा प्रधानन्यायाधीश जबरालाई यथास्थितिमा काम गर्न दिन भनिएको छ ।