७ कार्तिक २०८३, शनिबार

सिल्भर माउन्टेन स्कुल अफ होटेल मेनेजमेन्टमा पहिलोपटक बीआईसीए कार्यक्रम शुरू

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । सिल्भर माउन्टेन स्कूलअफ होटेल म्यानेजमेन्टले पहिलो पटक अन्तर्राष्ट्रिय पाककला बीआईसीएमा स्नातक कार्यक्रम शुरु गरेको छ ।

चार वर्षे बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयसंग सम्बन्धन प्राप्त सो कार्यक्रम शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालयद्वारा समकक्षता प्रदान गरिएको छ । लामो समयको अनुसन्धान र गृहकार्य पछि सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टले नेपाल पहिलो र विशेष कार्यक्रमको कार्यक्रम शुरु गरेको जनाएको छ ।

युवाहरूलाई करियर उन्मुख डिग्री हासिल गर्ने मात्र होइन, प्रामाणिक नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने खाली ठाउँ पनि पूरा गर्नकै लागि नया कार्यक्रम ल्याएको सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टका अध्यक्ष समीर थापाले बताए ।

होटेल उद्योगमा विशेष खण्डहरूमा विद्यार्थीहरूलाई व्यावसायिक र शैक्षिक रूपमा विकास गर्नु आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ । ‘सिल्भर माउन्टेन स्कूल अफ होटेल म्यानेजमेन्टले अत्याधुनिक सुविधा र उत्कृष्ठ फ्याकल्टी र प्रशिक्षकहरूको सहभागिताको कारण कलेजले नया कार्यक्रम ल्याउन सफल भएका हौ,’ उनले भने, ‘जहाँ हामी हाम्रा विद्यार्थीहरूलाई इमर्सिभ अनुसन्धानमा केन्द्रित शतप्रतिशत ग्यारेन्टी गरीएका इन्टर्नशीपहरूसहित शैक्षिक र व्यावहारिक प्रशिक्षणका साथ उद्योग–विशेष सीपहरू प्रदान गर्दछौं र गहन पाठ्यक्रममा जोड दिने प्रतिबद्धता कलेजको छ ।’

यो चार–वर्षे कार्यक्रम विशेष गरी विद्यार्थीहरूका लागि डिजाइन गरिएको हो जो खाद्य उत्पादनमा विशेषज्ञता हासिल गर्न चाहन्छन् । यो पाठ्यक्रम अत्यन्त सफल पाठ्यक्रमहरू मध्ये एक हो । यसले पाक कलाको संसारमा उत्कृष्ट शेफ पाक विशेषज्ञ र उद्यमीहरू उत्पादन गरेको छ । खाना पकाउने पक्षहरूमा विशेषज्ञताको साथसाथै यो डिग्रीले अनुसन्धान, स्थिरता, उद्यमशीलता, नेतृत्व र उत्पादन, प्रमुख आतिथ्यता लगायत कम्पोनेन्ट पनि समावेश गर्दछ ।

कार्यक्रममा वक्ताहरुले नेपालमा विश्वस्तरीय शेफ उत्पादन गर्न आवश्यकता रहेकोमा जोड दिएका थिए ।