३ कार्तिक २०८३, मंगलबार

गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डट कममा छूट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छूटसम्बन्धी सम्झौता गर्दै आइरहेको छ ।

यसलाई नै निरन्तरता दिदै बैंकले ई–कमर्श साइट बजेट पसल डट कमसँग सामान खरीदमा ५% छुटको लागि सम्झौता गरेको छ । सम्झौता अनुसार यस बैंकका ग्राहकले बजेट पसल डट कमको अनलाइनबाट रू. ३,००० भन्दा माथिका दैनिक उपभोग्य तथा इलेक्ट्रोनिक्स सामान खरीद गरी बैंकको मोबाइल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्दा तत्कालै ५% छूट प्राप्त गर्र्न सक्ने छन् ।

कैंकले जारी गरेको विज्ञप्ति अनुसार बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, क्यूआर कोड, अनलाइन खाता खोल्ने, स्मार्ट टेलरलगायत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।