७ कार्तिक २०८३, शनिबार

राप्रपा नेपालको साँस्कृतिक मञ्च गठन, अध्यक्ष सागरराज

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । राप्रपा नेपालको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्च हिजो बुधबार गठन भएको छ ।

राज सागरको अध्यक्षतामा गठित ३१ सदस्यिय साँस्कृतिक मञ्चको उपाध्यक्षमा समिरा तामाङ, ओम प्रकाश चौधरी, महामन्त्रीमा कृष्ण बहादुर भण्डारी, सुरेश नेपाल, राजु नापीत, सह महामन्त्रीमा राजु भारती, कृष्ण बहादुर भट्टराई, सहायक महामन्त्रीमा इन्दु खत्री, बाबु साहेब वलामी रहेका छन् ।

नवगठित साँस्कृतिक मञ्चको आजै सम्पन्न पहिलो बैठकले लोकप्रिय गायक जयनन्द लामाको असामयिक निधनले नेपाली कला र संगीतको क्षेत्रमा अपुरणीय क्षती पुगेको भन्दै गहिरो दुःख व्यक्त गरेको छ । बैठकले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।