
काठमाडौँ, ११ फागुन । चीनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रश्न गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेकी हुन् ।
उनले आफ्नो नियमित पत्रकार सम्मेलनमा अमेरिकाले दिएको धम्कीपूर्ण भाषालाई व्यग्य गर्दै भनेकी छन्, ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो, मलाई आश्चर्य लागेको छ ।’
उनले अघि भनिन्, ‘यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? यो उपहार हो वा पान्डोराज बक्स ?’
यो एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने डर रहेको उनले बताइन् ।
प्रवक्ता चुनयिङले अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने र सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्ने बताइन् ।
यस्तो सहयोग दिँदा सम्बन्धित देशको आन्तरिक मामलामा हस्तक्षेप गर्न नहुने चीनको धारणा रहेको उनले बताइन् ।












प्रतिक्रिया