
काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली लोकगीत सङ्गीत, चलचित्र क्षेत्रका ख्यातिप्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कलाकार लामाको आज बिहान निधन भएको हो ।
प्रधानमन्त्री देउवाले शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले लामाको निधनबाट मुलुकले गीत सङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधकलाई गुमाएको उल्लेख गर्नुभएको छ ।
कांग्रेसले नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा लामाले पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँको निधनबाट मुलुकले एक अग्रज कलाकारलाई गुमाएको जनाएको छ । –रासस












प्रतिक्रिया