
रुपन्देही, ११ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल रोकिएपछि सत्ता गठबन्धनमा छटपटी भएको बताएका छन् ।
वुधबार बुटवलमा पार्टीको प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
एमालेको जनलहरबाट आत्तिएकाहरु चुनावमा जान डराइरहेको उनको भनाइ छ ।
त्यस्तै, पोखरेलले सरकारमा रहेका दलहरुले नै एमसीसीका विषयमा दोहोरो चरित्र देखाएका बताए ।
सरकारका दलहरुले देखाएको दोहोरो चरित्रको विरोधमा एमाले रहेको पोखरेलले बताए ।
‘सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने हो । प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा स्वीकार्य हुँदैन । पहिला सरकारको दृष्टिकोण के हो ? सरकारले दुईटा कुरा गर्न मिल्दैन । यो भन्दा असफल गठबन्धन के हुन्छ ?’ महासचिव पोखरेलले भने ।

त्यस्तै, एमसीसीको मस्यौदा प्रचण्ड प्रधानमन्त्री भएकै बेला तयार गरिएको पोखरेलले खुलासा गरे ।
‘प्रधानमन्त्री शेरबहादुर देउवासँग बसेर एमसीसी कसरी पास गर्ने भनेर उहाँहरु छलफल गर्नुहुन्छ, बैठक गर्नुहुन्छ । तर, अहिले एमसीसीविरोधी भएको देखाउन नाटक गरिरहनुभएको छ । अब नेपाली जनता उनीहरुको दोहोरो चरित्रबाट प्रष्ट भइसके,’ उनले भने ।















प्रतिक्रिया