१६ कार्तिक २०८३, सोमबार

‘लोन स्क्याम’को आरोपमा चिनियाँ नागरिकसहित ३७ जना समातिए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गतको कसूरमा संलग्न एक जना चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् ।

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा संलग्न चिनियाँ नागरिक च्याङ हि बाओसहित २४ पुरुष र १३ महिला गरी ३७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका -९ पुरानो बानेश्‍वरस्थित एक घर भाडामा लिई उनीहरूले लोन स्क्याम गर्ने गरेको प्रहरीको भनाइ छ ।

चिनियाँ नागरिक च्याङले सिन्धुली घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने दीपक श्रेष्ठको नाममा लेमोन ग्रुप अफ कम्पनी दर्ता गरी विभिन्न एप्लिकेसनमार्फत गैर कानूनी तवरले लोन स्क्याम गरिरहेको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले विभिन्न एप्लिकेसनमार्फत लोन स्क्याम गर्न प्रयोग भएका ४ थान ल्यापटप र २ थान मोबाइलसमेत बरामद गरेको छ ।