२९ आश्विन २०८३, बिहिबार

बुर्किना फाँसोको सुनखानीमा विस्फोट : ६० जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बुर्किना, ११ फागुन । बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको विस्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । विस्फोटमा मृत्यु हुनेहरूमा महिला र बालबालिका पनि छन् ।

घटनास्थलहरूमा शवहरू यत्रतत्र छरिएका थिए । विस्फोटन स्थल वरपर रुखहरू ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ । विस्फोटमा घाइते भएका दर्जनौंलाई नजिकको अस्पतालमा लगिएको छ । –एजेन्सी