१६ कार्तिक २०८३, सोमबार

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको मन्त्रालयको आग्रह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ ।

मन्त्रालयले वुधबार एक विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको छ ।

रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सजग हुन आग्रह गरेको छ ।

त्यस्तै, अत्यावश्यक बाहेक युक्रेनको भ्रमण नगर्न पनि सचेत गराइएको छ ।