२८ आश्विन २०८३, बुधबार

स्थानीय निर्वाचन र अबको कार्यभार

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-विवि श्रेष्ठ

मुलुक संघियतामा गईसकेपछि भएको स्थानिय तहको पहिलो निर्वाचनले नेपालको विकास निर्माण र त्यसले पार्ने प्रभाव र असरको वारेमाचर्चा परिचर्चा शुरु भएको छ । जुन आवश्यक र अपरिहार्यता पनि हो ।

आमजनतामा यो सोचको विकास हुनु भनेको सकारात्मक पक्ष पनि हो । नेपालको सन्र्दभमा जनता कम र कार्यकर्ता वढि भएको सन्र्दभमा स्थानिय तहमा हुने निर्वाचनमा बहस हुनुले आमजनतामा चेतनाको क्रमिक विकास भएको मान्न सकिन्छ । यो सुखद पक्ष हो ।

राजनिती आफैमा सवैको मुल नीति भएतापनि अहिलेसम्मको हामीले गरेको राजनितीको व्याख्या, विश्लेषण र यसको समिक्षा हुनु पहिलो आवश्यकता हो । हरेक क्षेत्रमा राजनितीका नाममा गरिएका कर्म के साँच्चैका समाज परिवर्तनका लागि थिए, कि व्यक्तिगत स्वार्थका लागि ?

आम नेपाली नागरिक हुनुका नाताले गरिएका कर्म के समाजका लागि थिए, कि व्यक्तिगत अभिष्टका लागी ? जिम्मेवारीताको पनि विभिन्न आयाम भएतापनि सोचको विकास भने समान रुपमा परिचालित भए कि भएनन् ? यसको लेखाजोखा आगामी स्थानीय तहको निर्वाचनमा देखिनु पर्दछ ।

राजनितीका नाममा हामीवाट भएका कर्महरुले दिएका नतिजा समाज र देश केन्द्रितथिए कि थिएनन् ? जिम्मेवारीता र दायित्वको नाममा संकिंर्णताका सुचकहरु कति विम्वित रहे ? अव व्यक्ति हैन, समाज र देश केन्द्रित राजनिती गर्नुको विकल्प छैन ।

अहिलेसम्म हामी किन गरिवीको रेखामुनी छौ ? सधै किन अरुको अधिनस्थ छौ ? हामी किन स्वविवेक प्रयोग गर्न सकिरहेका छैनौ भन्ने सोचको विकास गर्न सक्यौ भने परिवर्तन सम्भव छ ।

अनुकुलता र शक्ति केन्द्रित राजनिती नै नेपालको लागि दुखद पक्ष हो । शक्ति आर्जन गर्नका लागि जता पनि फर्कने र व्याख्या गर्नमा पारंगित भईरहदा त्यसले दिएको परिणाममा अब पनि हामी घोत्लिन ढिला गर्नु हुँदैन । संघियताले शक्ति विकेन्द्रित भई स्थानिय तह क्रियाशिल भईरहदाँ पार्टीका नाममा अन्धभक्त भईरहँदा त्यसले दिएको परिणाममा अब सोच्नुपर्ने बेला आएको छ ।

राजनीति फगत मिथ्याका लागि होइन, सकारात्मक परिणामका लागि केन्द्रित हुनुपर्दछ भन्ने सोचको विकास हुनु जरुरी बनेको छ । विकास आफैमा निरन्तरको उपज भएतापनि त्यसको क्रियाशिलताले यसको परिणाममा भुमिका खेलेको हुन्छ ।

राजनीतिका नाममा व्यक्तिको कार्यकुशलता, योग्यता, क्षमता र ईमान्दारिताको कसीको अब मापन हुनुपर्दछ । यसले नै समाज रुपान्तरणको लागि भुमिका खेल्दछ, जुन आवश्यकता पनि हो ।

शक्ति केन्द्रित व्यक्तिको चाहना भएतापनि त्यो समाज रुपान्तरणमा वाधक बन्नु हुँदैन । रहर र आवश्यकताको अगाडी आवश्यकता प्राथमिकतामा पर्नु पर्दछ । पार्टी र गुटका नाममा सधै समाज र देश बन्धक बन्ने सोच अब आमजनताको मन मस्तिष्कवाट हट्नुपर्दछ, त्यसले मात्र समाज निर्माणमा महत्वपूर्ण भुमिका खेल्दछ ।

निश्चित अवधि र समयमा ठोस निर्णय गर्न नसक्नु तर समय व्यतीत भईसकेपछि परिवर्तन र समाज रुपान्तरणका चर्को नारा ओकल्ने हाम्रो सोचमा अब हामीले परिवर्तन गर्ने पर्दछ ।

जस्तो सुकै अवसरमा पनि राजनैतिक रंग दिने र कसैको गुलामी गर्ने प्रवृत्ति नै हाम्रो घातक पक्ष हो । जुन हामीले वारम्वार प्रयोग गर्दै आईरहेका छौ । पुनः त्यही नियती दोहोर्याउने कुचेष्टा गर्नु हुँदैन ।

हरेकताको पहिलो जिम्मेवारी, समाज र देश हो भन्ने सोचको विकास हुन सक्यो र त्यसको कार्यन्वयनको पाटोमा जाने हिम्मत राख्यो भने परिवर्तन असम्भव छैन ।

समाज विभिन्न समुदायमा आधारित हुन्छ । नेतृत्वकर्ता र राजनैतिककर्मी यसको अगुवा भएतापनि यसको मुख्य जड भनेको आमजनता नै हुन् । जसको जगमा टेकेर राजनैतिककर्मीहरुले आफनो अभिष्ट पुरा गरिरहेका हुन्छ ।

अब अहिलेसम्म भएका कमीकमजोरीलाई हटाउने भनेको अवको स्थानीय तहको निर्वाचनवाट हामीले शुरु गर्नुपर्दछ । राजनैतिक दलको प्रतिनिधित्व गर्ने नेतागणहरु अब जनताको कठघरामा उभिएर जानुपर्दछ ।

राजनितीको नाममा गुण्डागर्दी, टिके शैली र बिकाउ बन्नु भनेको हामीले हाम्रो भविष्य माथि मात्र हैन, देश र समाजप्रतिको नै धोका हो, भन्ने कुरामा अब हामी सचेत वन्नै पर्दछ ।

संघियता विकास निर्माण र समाज निर्माणको अभिन्न अंग हो भन्ने कुरा पुष्टि भईसकेको छ । सधै पार्टीको नाममा मात्र लागेर आफनो विवेक बन्धक बनाउनु हुँदैन । आमजनता पनि समाज रुपान्तरणका कसि हुनभन्ने कुरा अब हामीले भुल्नु हुदैन ।

स्थानिय तहको निर्वाचनमा पार्टीको तर्फवाट हुने उम्मेदवार योग्य, क्षमतावान र कुशल हुनुपर्दछ भन्ने कुरामा अडिग रहन सक्यो भने समाज रुपान्तरण गर्न टाढा छैन ।

पार्टी भित्र विद्रोह गर्न नसक्ने, व्यक्तिगत स्वार्थमा मात्र लिप्त हुने, विचारको बन्धक बनाई कसैको गुलामी गर्ने हाम्रो पार्टी नै समाज रुपान्तरणका बाधक हुन् । व्यक्ति आफैँमा विचार र निर्णयमा स्वतन्त्र हुनुपर्दछ । आस्था कुनै पार्टीमा हुनु समान्य भएतापनि आफनो विवेक बन्धक बनाउनुहुँदैन ।

पार्टीमा परिवर्तनका लागि विचार राख्नु व्यक्तिको स्वतन्त्रता हो भन्ने वुझन ढिला गर्नु हुदैन । त्यसले मात्र सुन्दर समाज निर्माण गर्न सकिन्छ । समाजको आवश्यकता के हो र को व्यक्तिको नेतृत्वले मात्र समाज रुपान्तरण गर्न सकिन्छ भन्ने कुरामा अब खुल्ला छलफल हुनु जरुरी छ । सधै पार्टीको अधिनस्थका नाममा समाज नै बन्धक बनाउने सोचबाट अब हामी मुक्त हुन जरुरी छ ।

हरेकताको पहिलो जिम्मेवारी, समाज र देश हो भन्ने सोचको विकास हुन सक्यो र त्यसको कार्यन्वयनको पाटोमा जाने हिम्मत राख्यो भने परिवर्तन असम्भव छैन ।

अहिलेसम्म हामी किन गरिबीको रेखामुनी छौ ? सधैँ किन अरुको अधिनस्थ छौ ? हामी किन स्वविवेक प्रयोग गर्न सकिरहेका छैनौ भन्ने सोचको विकास गर्न सक्यौ भने परिवर्तन सम्भव छ ।

वर्षभरि आफनै पौरखमा बाँच्न सक्ने हामी चुनावको सम्मुखमा नेता परस्त र बिकाउ हुने संस्कृति नै हाम्रो विचलनको आधार हो । जसले हामीलाई नै अरुको अधिनस्थ हुन उत्प्रेरित गरिरहेका छौ ।

राजनिती समाजको लागि हुनुपर्दछ, नकि व्यक्तिका लागि । अब यो सोचमा दुविधा राख्नु हुदैन । व्यक्ति आफनो परिचय आफैँले वनाउनुपर्दछ । यसका लागि ईच्छाशक्ति हुनुपर्दछ ।

सधै अर्कावाट शासित हुने सोचले आफनो जीवन त गुलाम वन्दछ नै सन्ततीका जीवन नै वन्धक वन्दछ । परिवर्तनका शक्ति आम जनता हुन् नकि आम नेता, जसले हाम्रो जीवनमा राजनितीका नाममा हामीलाई बन्धक बनाईरहेको छ ।

परिवर्तन सम्भव छ, अब पनि उहि पार्टीको निर्देशनका नाममा विवेक वन्धक राखियो भने हामीले हाम्रो समाज रुपान्तरणको भुमिकाबाट च्युत भईरहेका हुन्छौ । स्थानिय तहको अवहुने निर्वाचनमा अब स्वविवेक को प्रयोग गरौ । किनकी आफनो आत्मिक विवेकलाई वन्धक बनाउँदा हामीहरु अप्रत्यक्ष रुपमा पिडित बनिरहेका छौँ ।