
काठमाडौँ, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा एमाले स्पष्ट रहेको बताएका छन् ।
वुधबार ओलीलाई भेट्न बालकोट पुगेका गृहमन्त्री बालकृष्ण खाँणलाई ओलीले यस्तो जवाफ दिएका हुन् ।
भेटमा ओलीले आफूहरु एमसीसीका विषयमा स्पष्ट रहेको तर एमालेका मागहरुलाई सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।
संसदमा पेश गरिएको एमसीसी बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ । अमेरिकाले फागुन १६ गतेसम्मको डेडलाइन दिएका कारण सरकारले पारित गर्न जोडबल लगाइरहको छ ।
ओलीले गृहमन्त्री खाँणसँगको भेटवार्तामा एमालेलाई न्याय दिन भनेका छन् । त्यसपछि आफूहरुले संसदीय प्रक्रियामा सहभागी हुने उनको भनाइ थियो ।















प्रतिक्रिया