६ कार्तिक २०८३, शुक्रबार

लक्ष्मी बैंकको १४२औँ शाखा भक्तपुरको कमलविनायकमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । लक्ष्मी बैंकले १४२औँ शाखा भक्तपुर नगरपालिका–१०, कमलविनायकमा सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउन शाखा खोलिएको बैंकले जनाएको छ ।

नयाँ शाखासहित ५० जिल्लामा लक्ष्मी बैंकको शाखा सञ्जाल १४२ पुगेको छ । बैंकले हाल ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्टमार्फत सेवा दिइरहेको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो माग पूरा गर्न नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा शाखा सेवा विस्तार गरिरहेको पनि जानकारी दिएको छ ।