७ कार्तिक २०८३, शनिबार

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।

उनको आज बुधबार बिहान निधन भएको हो । गायक बद्री पंगेनीले उनको मृत्यु भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । यद्यपि उनको मृत्युको कारण भने पंगेनीले खुलाएका छैनन् ।

लामाका हेर्दामा राम्रो, कलकत्ते काइँयो, चुईँचुईँ चुइकिने जुत्ता लगायत दर्जनौं गीत चर्चित छन् । उनले विभिन्न चलचित्र र टेलिचलचित्रमा अभिनय गर्दै आएका थिए ।