१६ कार्तिक २०८३, सोमबार

आफ्नै दोहोरो चरित्रले रन्थनिएका प्रचण्डको दौडधुप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आफ्नै दोहोरो चरित्रका कारण रन्थनिएका छन् ।

आफ्नै भातृसंगठनहरुले अमेरिकी सहयोग परियोजनाको चर्को विरोध गरिरहँदा पनि संसदमा टेबल गराउन भूमिका खेलेका प्रचण्डले अबको निकासका लागि धौडधुप गरिरहेका छन् ।

यसैक्रममा विभिन्न राजनीतिक दलहका नेताहरुसँग उनले भेटघाट गरिरहेका छन् ।

उनले मंगलबार आफ्ना पूराना सहपाठी एवम् नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य किरणसँग भेटवार्ता गरे ।

भेटवार्तामा वैद्यले एमसीसी राष्ट्रघाती भएको र पारित नगर्न सुझाव दिएका थिए ।

त्यस्तै, सरकारले प्रतिनिधिसभामा एमसीसी टेबुल गरेपछि पार्टीभित्रैबाट प्रचण्डमाथि सरकार छोड्न दवाव सिर्जना भएको छ ।

आफ्नै पार्टीका नेताहरुले एमसीसी टेबल गर्न नहुने भनेपनि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई खुशी बनाउन पेश गर्न सहमति दिए ।

फागुन ८ गते विहान बसेको गठबन्धन दलहरुको बैठकमा प्रचण्डले एमसीसी अहिले पेश गर्न नहुने बताएका भए पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लचकता देखाएपछि संसदमा एमसीसी टेबल भयो ।

उता माओवादीको भातृ संगठनहरुले एमसीसीविरुद्ध सडक प्रदर्शन नै गरिरहेका छन् ।

त्यस्तै, सरकारले एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर त्यो निर्णयबाट प्रचण्ड फेल भइरहेका छन् । दोहोरो चरित्र देखाएर निर्णय गर्ने अनि निर्णयबाट पछि हटिहाल्ने आफ्नो परिचित ढुलमुले बानी प्रचण्डले प्रदर्शन गरे ।

त्यस्तै, भेटवार्ताकै क्रममा आफ्नै नेताहरुसँग पनि प्रचण्ड छलफल गरिरहेका छन् ।

सोमबार प्रधानमन्त्री देउवासँग पनि उनले छलफल गरेका थिए । जसमा उनले कसरी गठबन्धन जोगाउने भन्नेमा चिन्ता दर्शाएको थिए । त्यस्तै, मंगलबार विहानै उनले माधव नेपालसँग पनि छलफल गरेका छन् ।

प्रचण्ड र नेपाल नै गठबन्धन जोगाउनै पर्ने सोचमा रहेको बुझिएको छ । आफ्नो जनमतको धरातल कमजोर भएपछि काँग्रेससँग जोडिएर आफ्नो अस्तित्व बनाउनु र नेकपा एमालेसँग टक्कर गर्नु दुवै पार्टीको लक्ष्य हो ।

त्यसकारण उनीहरु दुवै जनाले एमसीसी पारित गर्ने संकेत दिएको बताइएको छ ।

यद्यपि उनीहरुले दुवैले सांसदहरुलाई एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने ह्वीप नगर्ने बुझिएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टीले पनि सांसदहरुलाई ह्वीप नलगाउने भएको छ । यसरी हेर्दा सांसदहरुले आफ्नै स्वविकको प्रयोग गरेर एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्नुपर्ने स्थिति बन्ने राजनीतिक घटनाक्रमले देखाएको छ ।

यसो गर्दा एमसीसी पारित हुने प्रधानमन्त्री लगायत नेताहरुको बुझाइ रहेको छ ।