
धनगढी, १० फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोहोरो चरित्रले एमसीसी गिजोलिएको बताए ।
मंगलबार प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले प्रचण्ड र नेपालको दुवैतिर ठीक्क पार्ने शैलीले नेपाल विवादित बनेको बताए ।
‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड, नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ,’ उनले भने,‘दुईजनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लग्नु पर्दछ ।’
त्यस्तै, उनले चुनावमा माओवादीसँग कुनै तालमेलको सम्भावना नरहेको पनि बताए । ‘एमालेलाई फुटाउने र आफ्नै सरकार ढालेर रमिता देखाउने माओवादीसँग हाम्रो तत्काल कुनै तालमेल हुँदैन,’ उनले भने, ‘प्रचण्डलाई एक्लाएरै छोड्छौं ।’















प्रतिक्रिया