१६ कार्तिक २०८३, सोमबार

एमसीसीविरुद्धको रिट सर्वोच्चले गरेन दर्ता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

मंगलबार अदालत प्रशासनले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकार भित्र नपर्ने भन्दै रिट दरपीठ गरिदिएको हो ।

अधिवक्ता सुरेन्द्र भण्डारी एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

भण्डारी दरपीठका विरुद्ध पनि अदालत जाने भएका छन् ।