६ कार्तिक २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंंकको स्थगित बीसौं साधारणसभा शुक्रबार हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । महालक्ष्मी विकास बैंकको बीसौं वार्षिक साधारणसभा यही फागुन १३ गते हुने भएको छ ।

यसअघि माघ ३ गते तोकिएको ससभा गणपुरक संख्या नपुगेर स्थगित भएको थियो ।

बैंकले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘अदालतबाट यही पुस ९ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनि उच्च अदालतबाट आदेश भएको हुँदा साधारणसभा गर्न सकिने अवस्था सृजना भएकाले यस बैंकको स्थगित बीसौं वार्षिक साधारण सभा यस बैंककोे मिति २०७८/११/०५ गते बसेको सञ्चालक समितिको ५१६औं बैठकको निर्णयानुसार स्थगित हुन गएको बीसौं वार्षिक साधारण सभा २०७८ साल फाल्गुन १३ गते शुक्रबार विहान ११ः०० वजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा हुनेछ ।’

वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु सभामा पेश गरिने छ ।