
काठमाडौँ, ९ फागुन । जिल्ला अदालत बैतडीले भागरथी भट्टको बलात्कारपछि हत्या गरेका आरोपितलाई साढे १२ वर्षको कैद फैसला सुनाएको छ ।
उक्त प्रकरणमा आरोपितलाई डीएनए परीक्षणका आधारमा अदालतले दोषी ठहर गरेको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा अदालतले उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो ।
जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई आधार मानेर आदेश जारी गरेको हो ।
अदालतले दिनेशलाई साढे १२ वर्षको कैद फैसला सुनाएको छ ।
२०७७ माघ २१ गते विद्यालय गएकी भागरथी सम्पर्कविहीन हुन्छिन् । भोलि उनको
टाउकोमा चोट, घाटी दबिएको, अनि खुट्टाको औलामा घाउ भएको र गुप्तांगमा चोट लागेको अवस्थामा भेटिएको थियो ।
घटनामा संलग्न आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।












प्रतिक्रिया