
काठमाडौँ, ९ फागुन । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा एमसीसीलाई लिएर आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि बताए । नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निर्णय गरिसकेकाले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको पनि बताए ।
एमसीसीको बारेमा विगतखि नै आफूहरूले विरोध जनाएको उनको भनाइ छ । उनले आर्थिक सहायता सम्झौता सरकारले टुङ्गो लगाउने भएकोले एमसीसीलाई आर्थिक सहायता सम्झौताको रूपमा परिमार्जन गर्ने र संशोधन गर्न सकिने हो भने यसलाई अंगिकार गर्न सकिने पनि बताए ।












प्रतिक्रिया