
काठमाडौँ, ९ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासीन दलहरुले दोहोरो चरित्र देखाएको बताएका छन् ।
सोमबार कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
ओलीले गठबन्धनकै दलहरुले एमसीसीका विषयमा दोहोरो चरित्र देखाएको बताउँदै सरकारमै हुनेहरुले बाटा भत्काएको ओलीले बताए ।
‘सरकारमा हुने क्रान्तिकारीहरुले बाटा भत्काए । बाटा बनाउन पर्ने ठाउँमा बाटा भत्काएका छन् । बाटा भत्काएका छन् नभत्काउन भन्ने कोही छैन’, ओलीले भने ।
नेताहरुले जनताका छोराछोरीलाई सडकमा ल्याएर ढुंगा हान्न लगाएर आफूहरुले सदन र सडक दुवै कब्जा गरेको बताए ।
‘एकथरीलाई सडकमा जाउ भन्ने एकथरिलाई सदनमा आउ भन्ने । आज जनताको छोराछोरीहरु सडकमा आएका छन्’, उनले भने ।
ओलीले अगाडी भने, ‘एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने, आफू मूर्तिझैं बस्ने अर्को पाट्टिकालाई नारा लगाउ भन्ने, यताकालाई उठ उठ भन्ने उताकालाई बस बस भन्ने, एकथरीलाई सडकमा जाउ भन्ने एकथरीलाई सदनमा आऊ भन्ने ।’















प्रतिक्रिया