७ कार्तिक २०८३, शनिबार

थप ३८८ जनामा कोरोना संक्रमण, १ हजार २०५ निको, ४ को मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार २२५ पीसीआर र एन्टिजेन विधिबाट २ हजार ९१५ एन्टिजेन परीक्षण गरिएकोमा ३८८ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ११ लाख १४ हजार ५४४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २०५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ५२ हजार ५९९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ जना रहेको छ ।

थप ८ लाख ७३ हजार ४३८ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९२५ जना पुगेको मन्त्रालयले जनाएको छ ।