६ कार्तिक २०८३, शुक्रबार

विश्वकै पहिलो स्न्यापड्रागन ६८० ६एनएम चिपको रियलमी ९आई सार्वजनिक, यस्ता छन् फिचर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । विश्वको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमी स्नापड्रागन ६८० ६एनएम चिप रहेका रियलमी ९आई स्मार्टफोन नेपाली बजारका लागि सार्वजनिक गरेको छ ।

रियलमी ९आई २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हुनेछ । नवीनतम एसडीएम ६८० ६एनएम चिपको अलावा रियलमी ९आईमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ जसले युवा प्रयोगकर्ताहरु माझ विशिष्ट प्रदर्शन गर्नेछ ।

स्नापड्रागन ६८० ६एनएमको विश्वव्यापी, डेब्यु, नयाँ ६एनएम ४जी प्रोसेसर

स्नापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम उत्पादन प्रक्रिया अपनाएको छ । यसले ओक्टाकोर २.४जीहर्ज कर्टेक्स -ए७३ र ओक्टाकोर १.९जीहर्जच कर्टेक्स-५३, एड्रेनो ६१० जीपीयुसहितको ओक्टाकोर सिपियु अपनाएको छ ।

लास्ट–जेन प्रोसेसर स्न्यापड्रागन ६६२ सँग तुलना गर्दा, एसमीएम ६८० सीपीयु प्रदर्शन, सजिलो एप्लिकेसन, छिटो लन्च, छिटो पेज लोड सबैमा २५% ले वृद्धि दिन्छ ।

यसैगरी जीपीयुको प्रदर्शन, उच्चफ्रेम रेट, सहज गेमिङ अनुभव, ल्यागको कमीमा १०% ले वृद्धि हुनेछ । एआई प्रदर्शन, क्वालकमको तेस्रो जेनरेसन एआई इन्जिन र प्रमुख एप्लिकेबल सिनहरुमा पनि २५% ले वृद्धि हुनेछ ।

कमपावर खपत र लामो ब्याट्री लाइफ

६एनएम प्रोसेसरले १२एनएम प्रोसेसर भन्दा ६२% कम पावर खपत गर्दछ भने प्रदर्शनमा पनि ४६% को बढी ल्याउँछ । यस स्मार्टफोनमा अपेक्षाकृत कम तापमान वृद्धि र अधिक स्थिर फ्रेम दर छ ।

६एनमएम प्रोसेसरले ल्याएको कम पावर खपतले ब्याट्रीको आयु प्रभावकारी रुपमा विस्तार गर्छ । ८आईको ५००० एमएएच् क्षमताको तुलनामा ९आईको ब्याट्री लाइफ ४६% ले सुधार भएको छ ।

शक्तिशाली जीपीयुले परिष्कृत ९०हर्ज डिस्प्लेलाई समर्थन गर्दछ

स्न्यापड्रागन ६८० प्रोसेसरमा शक्तिशाली जीपीयु एड्रेनो- ६१० जीपीयु आउँछ र ९० हर्ज उच्च रिफ्रेस रेट स्कृन प्रविधिलाई पनि समर्थन गर्दछ ।

आफ्नो खण्डमा ३३वाट डार्ट चार्जिङ समर्थन गर्ने पहिलो स्मार्टफोन

उच्च भोल्टेज र कम करेन्ट चार्जिङ प्रविधिले छिटो चार्जिङको सुविधा दिन्छ जसकारण फोनलाई ७० मिनेटमा १००% चार्ज गर्न सकिन्छ ।

रियलमी ९आई डार्ट चार्जमा पाँच–कोर चार्जिङको सुरक्षा छ, जसमा ओभरचार्ज प्रोटेक्सन, ओभर–भोल्टेज प्रोटेक्सन, ओपर टेम्परेचर प्रोटेक्सन र एक्स्ट्रिम केस प्रोटेक्सन समावेश छ । यसले चार्जिङ प्रक्रियाको प्रत्येक चरणलाई कडाइका साथ निगरानी गर्न सक्दछ ।

रियलमी ९आईलाई शक्तिशाली ५००० एमएएच् ब्याट्रीको साथ छ जसकारण ४८.४ घण्टा फोन कल, ९९५ घण्टा स्ट्यान्डबाइ, २०.७ घण्टा व्हट्स्एप, ११६.३ घण्टा संगीत सुन्न सकिन्छ ।

सुपर पावर सेभिङ मोड

सीपीयु ट्युनिङ, ब्याकलाइट समायोजन, र अन्य रणनीतिहरु र विशेष अनुप्रयोगहरुको लागि लक्षित पावर बचत उपायहरु प्रयोग गर्दा पावर खपत कम हुन्छ र फोनको लाइफमा वृद्धि हुन्छ ।

स्मुथ डिस्प्ले

रियलमी ९आईले सहज अनुभवको लागि पाँच स्तरको रिफ्रेस दरलाई समर्थन गर्दछ र ९० हर्जको सूचना प्रवाह राख्दछ । ९०.८% स्कृन–टु–बडी फुल–स्कृन ४८० निट्स बाट १ निटमा जान सक्छ ताकि रातमा पनि तपाईं आफ्नो फोन प्रयोग गर्दा आँखालाई गाह्रो नपरोस् ।

डीआरई डाइनामिक रेम एक्स्पान्सन प्रविधि

रियलमीले फोनमा मेमोरीको कमीले गर्दा हुने कमजोरीहरुलाई समाधानगर्न डीआरई प्रविधिको विकास गरेको हो, जसले आरओएमलाई रेम विस्तार गर्न भर्चुअल रेममा रुपान्तरण गर्छ । रियलमी ९आईमा ६जिबी रेममा ५जिबी रेम थपेर ११ जिबीको मज्जा लिन सकिन्छ ।

रियलमी ९आईले १२८जिबीस्टोरेज र १टीबी एक्स्टर्नल मेमोरी समर्थन गर्दछ ।

स्टेरियो प्रिजम डिजाइन

रियलमी ९आईले ५–एक्सिस सीएनसी मसिनिङ अपनाउँछ र प्रत्येक मसिनिङले ९६एच लिन्छ जुन असमान किनारा र कोण प्रशोधनको आकर्षक डिजाइन हो । बारम्बार प्रशोधन पछि यसको बनावटले अन्तिम रुप लिन्छ र उच्च गुणस्तर उपस्थितिसँग सुसज्जित हुन्छ ।

रियलमी ९आई दुई आकर्षक रंगहरुमा उपलब्ध हुनेछ — प्रिज्म ब्लु र प्रिज्मब्ल्याक । ४/६४ जिबी भेरिएन्ट को मूल्य रु. २४,४९९ र ६/१२८जिबी भेरिएन्टको मूल्य रु. २७,९९९ तोकिएको छ ।

फाल्गुण ९ देखि फाल्गुण ११ सम्मदराज अनलाइनबाट प्रि–बुकिङ गर्न सकिनेछ । यसका साथै नेपाल भरि रहेका सीमित आउटलेटहरुबाट फागुन ११ देखि फागुन १३ सम्म प्रि–बुकिङ गर्न सकिनेछ र ६ महिनाको निःशुल्क स्कृन रिप्लेसमेन्ट पनि पाइनेछ ।

रियलमीको बारेमा

रियलमी एक विश्वव्यापी उदयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन र एआईओटी बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ ।

यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र प्रिमीयम स्पेक्स, क्वालिटी र ट्रेन्डसेडिङ्ग डिजाइन सहितको लाइफस्टाइल टेक्नोलोजी डिभाइसहरु उपलब्ध गराउँदछ ।

२०१८ मा “डेयर टु लिप” को नारासहित ‘स्काइली’ ले स्थापना गरेका रियलमी विश्वको सातौँ ठूलो स्मार्टफोन कम्पनी हो । २०२१ को दोस्रो क्वाटरसम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोड भन्दा बढी रियलमीको प्रयोगकर्ता छन् ।