
काठमाडौँ, ९ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीबारे सत्ता गठबन्धनका दलहरुले भद्दा नाटक गरिरहेको बताएका छन् ।
संसदमा एमसीसी पेश गर्न दिएर विरोध गरेको भन्दै महासचिव पोखरेलले माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धनका दलहरुले तयारीसहित मञ्चन गरेको भद्दा नाटक गरेको बताएका हुन् ।
विगतमा आफैँ रोक्न लगाउने, आफैँले सहमति गरेर पेस गर्न दिने र आफैँ विरोधमा वक्तव्य दिने कुरा तयारीसहित मञ्चन गरिएको भद्दा नाटक न हो, पोखरेलले भनेका छन् ।
यसअघि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कुनै पनि हालतमा एमसीसी टेबल गर्न नदिने भनेका थिए ।















प्रतिक्रिया