७ कार्तिक २०८३, शनिबार

एमाले केन्द्रीय विभागीय प्रमुखहरूलाई महासचिवको निर्देशन : आआफ्नो जिम्मेवारी पूरा गर्नुस्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय विभागका प्रमुखहरूको बैठक बसेको छ ।

आज बसेको बैठकमा सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ–आफ्नो क्षेत्रका कामअघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

यस्तै, बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेको एमालेले जनाएको छ । ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति आजको बैठकमा थियो ।

बैठकमा विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ ।