१६ कार्तिक २०८३, सोमबार

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, एमसिसीबारे धारणा बनाउने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसदमा टेबल भएपछि पार्टीको धारणा तय गर्न नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजेपछि बस्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीको गत शनिबार बसेको स्थायी कमिटी बैठकले एमसिसी संसद्मा टेबल गर्न दिने तर यथास्थितिमा अनुमोदन गर्न नहुने निर्णय गरेको थियो ।

पार्टी वरिष्ठ नेता झलनाथ खनालले भने प्रतिनिधिसभामा एमसिसी टेबल भएकोमा आपत्ति जनाएका थिए ।