
काठमाडौँ, ९ फागुन । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९६ हजार २०० रुपैयाँ र ९६ हजार १०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९५ हजार ७०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।















प्रतिक्रिया