
काठमाडौं, ९ फागुन । एनएमबि बैंकले बिराटनगर–५ स्थित हाम्रो अस्पतालमा उपचारका लागि कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले द्विपक्ष्यी समझदारी गरेको छ ।
उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ । उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरीद, ल्याब परीक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थफ जानकारी एनएमबि बैंकको वेबसाइट सेक्सनमा गएर प्राप्त गर्न सकिने छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।















प्रतिक्रिया