
काठमाडौं, ९ फागुन । गरिमा विकास बैंकका ग्राहकहरूले गोल्डस्टार जुत्ता किन्दा विशेष छूट पाउने भएका छन् ।
उक्त छूटका लागि बैंकले लाइफस्टाइल इन्टरनेशनल प्रालिसँग समझदारी गरेको छ । बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छूटसम्बन्धी सम्झौता गरेको हो । डिजिटल बैकिङलाई प्राथमिकतामा दिने क्रममा बैंकले सो सम्झौता गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सम्झौताअनुरूप बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्श साइटबाट कुनै पनि जुत्ता खरीद गरी गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५% छूट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । यो छूट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्श साइटबाट कुनै पनि जुत्ता खरीद गर्दा मात्र लागू हुने छ भने अफलाइन स्टोरबाट जुत्ता खरीद गदा लागू हुने छैन ।
गरिमा विकास बैंकले नेपालभर ३७ वटा जिल्लामा ११८ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया