७ कार्तिक २०८३, शनिबार

एमसीसीबारेको निर्णय कसैको दबाबमा नभइ सत्यतथ्य र राष्ट्रिय हितमा गरौं : भट्टराई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीबारे कसैको दबाबमा नभइ सत्यतथ्य र राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने बेला आएको बताएका छन् ।

जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक रहेको बताउँदै डा. भट्टराईले अब त्यसको छिनोफानो शक्ति केन्द्रहरूको दबाबमा नभइ सत्यतथ्य र राष्ट्रिय हितमा गरिनुपर्ने बताएका हुन् ।

‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ,’ उनले भनेका छन्, ‘संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं ! दलीय र गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा होइन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं !’