
काठमाडौँ, ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेलेको बताएका छन् ।
एमसीसीलाई गिजोलेर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेलेको ओलीको भनाइ छ ।
त्यस्तै, अध्यक्ष ओलीले परमादेशी सरकारलाई जनादेशले विस्थापित नगर्दासम्म मुलुक यस्तै संकटमा फँस्ने बताए ।
आइतबार संसद बैठकपछि सिंहदरबारस्थित संसदीय दलको बैठकमा एमाले सांसदहरुसँग एमसीसीबारे छलफल गर्दै ओलीले यस्तो बताएका हुन् ।
यसमा एमालेको कुनै भूमिका नरहने भन्दै उनले भने, ‘सभामुखका कारण हामी संसदीय प्रक्रियामा छैनौं, प्रक्रियामा भाग लिन पायौं भने त्यहीबेला हाम्रो पोजिशन प्रष्ट हुन्छ ।’












प्रतिक्रिया